धरान संगीत प्रतिष्ठानले विश्व संगीत दिवस मनाउने(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ विश्व संगीत दिवसको अवसरमा धरान संगीत प्रतिष्ठानले सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।


यही असार ८ गते शुक्रबार प्रतिष्ठानले धरानमा सांगीतिक र सम्मानको कार्यक्रम गर्ने आज मंगलवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रमेश राईले विगतका वर्षहरुमा विश्व संगीत दिवसको अवसरमा धरानको भानुचौकमा सांगितीक कार्यक्रमको आयोजना गर्दै आएपनि यस वर्ष धरान १५ स्थित चुम्लुङ हिमको भवनमा कार्यक्रमको आयोजना गरिने बताए। उनले उक्त कार्यक्रममा वरिष्ठ गायिक लोचन भट्टराई र वरिष्ठ गीतकार श्याम तमोटलाई सम्मान गरिने समेत जानकारी दिए। अध्यक्ष राईका अनुसार दिउँसो ४ बजेदेखि शुरु हुने सांगीतिक कार्यक्रममा वरिष्ठ गायक दिप श्रेष्ठसँगै धरानका कलाकारहरुको लाइभ प्रस्तुती पनि हुनेछ।
“संगीत, नाट्य र कला प्रवद्र्धन अभियान” भन्ने मूल नारा बोकेको यस प्रतिष्ठानले २०७० सालदेखि विश्व संगीत दिवसको अवसरमा धरानमा सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएको छ।