वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई थुक्पा बनाउने तालिम

दिव्य रोशनी (धरान)/ वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई धरान उप–महानगरपासिलकाले ७ दिने थुक्पा बनाउने सिप मूलक तालिम प्रदान गरेको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मंत्रालय, बैदेशिक रोजगार बोर्डको सहयोगमा धरान उप–महानगरपालिकाले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको लागी पुनः एकीकरण कार्यक्रम अन्तर्गत ७ दिने सिप मूलक थुक्पा बनाउने तालिम प्रदान गरेको हो। आज आईतवार सो थुक्पा बनाउने तालिमको समापन धरान उप–महानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथी उपप्रमुख बेघाले तालिम लिएपछि यसलाई व्यावसायमा रुपान्तरण गर्न तालिमका सहभागीहरुलाई आग्रह गरे। उनले तालिम लिएका सहभागीहरुले सामूहिकरुपमा उद्योग खोलेमा स्थानिय सरकारले सक्दो सहयोग गर्ने समेत बताए। सोहीक्रममा उपप्रमुख बेघाले धरानमा स्थनिय उत्पादन थुक्पाले ४४ प्रतिशत मात्र बजार ओगटेको बताउदै धरानमा थुक्पाको माग बढ्दो रहेको समेत बताए।


यसैगरी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईले यस तालिमका सहभागीहरुलाई व्यावसाय विस्तारका लागी पनि उप–महानगरपालिकाले थप तालिम प्रदान गर्ने बताए। उनले तालिम लिएपछि यसलाई व्यावहारमा लागु गर्नुपर्ने बताउदै उद्योग मेसिनरी खरिदका लागी ९० प्रतिशत सम्म सहयोग गर्ने बचन दिए।
यसैगरी तालिममा सहभागीहरुको तर्फबाट शुसन थापा मगर र सम्शेर बर्देवाले आगामी दिनहरुमा पनि उद्योग खोल्दा स्थानिय सरकारले मेशिनरी खरिदमा सहयोग र व्यवस्थापकिय क्षमताका लागी थप तालिम दिन आग्रह गरेका थिए।
महालक्ष्मी कृषी फार्म रामधुनीको सहकार्यमा भएको तालिममा धरानका विभिन्न वडाका १२ जना सहभागि रहेका थिए। तालिमलाई राम शोभित यादव र महालक्ष्मी प्रधानाङले प्रशिक्षण दिएका थिएभने सो तालिमको समापन धरान १ नं वडाका वडाअध्ययज्ञमणि भट्टराईले गरेका थिए।