दोस्रो हाम्रो धरान भेट्रान कपः उपाधीका लागी धरान र ईटहरी भिड्ने

दिव्य रोशनी(धरान)/ विर्तामोेड भेट्रान झापालाई पराजित गर्दै धरान भेट्रान धरानमा जारी दोस्रो हाम्रो धरान भेट्रान कपको फाईनलमा प्रवेश गरेको छ।
धरान रंगशालामा मंगलवार भएको खेलमा बिर्तामोड भेट्रान क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै धरान भेट्रान फाईनलमा प्रवेश गरेको हो। धरान भेट्रानले आगामी शुक्रवार उपाधीका लागी हाम्रो ईटहरी भेट्रानसंग भिड्ने छ। खेलमा धरान भेट्रानका जनकराज सुनुवारले गोल गरेका थिए। उनी प्रतियोगिताको म्यान अफ दि म्याच समेत घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
हाम्रो धरान भेट्रान फुटबल क्लवको आयोजनामा शुरु भएको प्रतियोगितामा प्रदेश १ का १४ वटा भेट्रान टिमहरुको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार सहित मेडल र ट्रफी पाउनेछभने व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
शुक्रवारको फाईनल खेल बिर्तामोड भेट्रान झापा र धरान भेट्रानका बीच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।

One thought on “दोस्रो हाम्रो धरान भेट्रान कपः उपाधीका लागी धरान र ईटहरी भिड्ने

टिप्पणीहरू are closed.