अतिक्रमित फुटपाथ हटाउँदै नगर प्रहरी

दिव्य रोशनी(धरान)/ धरानमा व्यापारीहरुले अतिक्रमण गरेको फुटपाथ उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालयले हटाएको छ।
व्यापारीहरुले फुटपाथमा बिक्रीको लागि विभिन्न सामानहरु राखेपछि पैदल यात्रुहरुलाई हिड्न असहज भएको भन्दै नगर प्रहरी र ट्राफिक प्रहरीले हटाएको हो। उपमहानगरको बजार अनुगमन र ट्राफिक प्रहरीको टोली तीन दिनदेखि निरन्तर बजार अनुगमन तथा फुटपाथ व्यवस्थापन गरिरहेको छ। जस अनुसार नगर प्रहरी र ट्राफिक प्रहरीले आइतबार धरान २ देशीलाइनको फुटपाथ का सामानहरु हटाएको छभने सोमबार धरान ९ गौतमपथको कुखुरा बिक्रीलाइन र आज मंगलवार बजारको सब्जीमण्डी, मंगलबारे, रेल्वे, बुद्धचोकको फुटपाथ व्यवस्थान गरेको छ।
बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले यसअघिपनि व्यापारिहरुले फुटपाथमा राखेका सामानहरु हटाएपनि पनि फेरी अटेर गरेर राखेकाले हटाईएको जानकारी दिए। उनले फुटपाथ अतिक्रमण हुँदा पैदल यात्रीहरुलाई हिड्न समस्या हुने, बजारको सौन्र्दयीकरण र ट्राफिक व्यवस्थापन असर पुग्ने भएकाले ट्राफिक प्रहरीसंग समन्वय गरेर फुटपाथ व्यवस्थापन गरिरहेको बताए।