धरान स्थित वीपी प्रतिष्ठानको इमरजेन्सी कक्ष विस्तार गरियो

दिव्य रोशनी(धरान)/ विरामीको अत्याधिक चापलाई मध्यनजर गर्दै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी कक्ष विस्तार गरिएको छ ।
आज बुधवार प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले नयाँ इमरजेन्सी ब्लकको रिबन काटेर उद्घघाटन गरेका छन।
नयाँ विस्तार गरिएको ईमरजेन्सी ब्लकमा २१ वटा बेडको क्षमता रहेको इमरजेन्सी तथा फेमली मेडिसिन विभागका प्रमुख प्रा. डा. ज्ञानेन्द्र मल्लले जानकारी गराए। उनले कोभिडको दोश्रो लहरका बिच यस कुरालाई समेत मध्यनजर गर्दै २१ बेड क्षमताको इमरजेन्सी नयाँ ब्लक शुरू गरेको बताए। उनले नयाँ विस्तार गरेको ईमरजेन्सीमा दुईवटा बेडको छुट्टै आइसोलेसन रूम समेत रहेको जनाए। प्रा.डा. मल्लका अनुसार मल्टि डिसिप्लिनरी अप्रोच अन्तर्गत इमरजेन्सीमा भर्ना भएका विभिन्न प्रकृतिका विरामीहरूलाई ट्राएज (एटिएस) गरी विरामीको स्वाथ्य स्थितीको आधारमा उपचार गरिने गरिन्छ। यस उपचार पद्धती अनुसार विरामीहरुलाई आकस्मिक कक्षमा कार्यरत चिकित्सक लगायत सम्बन्धित विभागका विशेषज्ञ सहित रोगको गंभिर्यतालाई मध्यनजर गरि राय, सुझाव र उपचार पद्धती बारे छलफल गरीन्छ । त्यस पश्चात विरामीलाई सम्बन्धित वार्ड, आई.सि.यू. मा भर्ना गर्ने वा सामान्य उपचार र अवलोकन गरि डिस्चार्ज गर्ने निर्णय गरीन्छ । यसरी उपचार गर्दा होल्डमा राख्नुपर्ने विरामीहरूका सहजता लागी नयाँ ब्लकको थालनि भएको उनले बताए।


नयाँ ब्लकको लागी आवश्यक जनशक्ति समेत तयार भईसकेको समेत प्रा. डा. मल्लले बताए । नयाँ ब्लकको विस्तार संगै इमरजेन्सिमा फिक्स्ड बेड, एक्जामिनेसन टेबल र ट्रलि गरी जम्मा १ सय ७ वटा बेडको क्षमता भएको उनले बताए।
कार्यक्रममा बोल्दै उपकुलपति गिरीले प्रतिष्ठानको इमरजेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेर कार्यहरू अगाडी बढाएको बताए। उनले इमरजेन्सी भनेको कुनै पनि अस्पतालको मुहार भएकाले इमरजेन्सीमा तत्काल उपचार पाउनुपर्ने विरामीहरूलाई मध्यनजर गर्दै प्रतिष्ठानको इमरजेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेका बताए। उनले भने, “इमरजेन्सीमा कुनै पनि समस्या आएमा तुरून्त समस्याको समाधानका लागी कार्यहरू अगाडी बढाइनेछ।” कोरोना महामारीको दोश्रो लहरले भयावह स्थिती ल्याउन सक्ने भएकाले त्यसको लडाँइका लागी समेत कार्ययोजना तयार भइसकेको उपकुलपति प्रा.डा.गिरीले बताए।
उद्घघाटन कार्यक्रममा शिक्षाध्यक्ष प्रा. डा. गुरू प्रसाद खनाल, रजिष्ट्रार प्रा. डा. मोहन चन्द्र रेग्मी, अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साह, इमरजेन्सी तथा फेमली मेडिसिन विभागका प्रमुख प्रा. डा. ज्ञानेन्द्र मल्लको उपस्थिती रहेको थियो।

2,704 thoughts on “धरान स्थित वीपी प्रतिष्ठानको इमरजेन्सी कक्ष विस्तार गरियो

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *