रोजगारमुखी बनाउन युवाहरुलाई निः शुल्क होटल मेनेजमेन्टको तालिम

दिव्य रोशनी(धरान)/ ईटहरी ९ स्थित नर बहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयले एसईई दिएका युवाहरुलाई निःशुल्क होटल मेनेमेन्टको तालिम दिने भएको छ।
आईतवार पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा शिक्षाालयका अध्यक्ष निर्मल बरालले एसईईमा सहभागी भएका ४० जनालाई निःशुल्क होटल मेनेजमेण्ट तालिमको अफर ल्याएको बताए। उनले अप्रेन्टिशीप कार्यक्रम अन्तर्गत समावेश हुनको लागी १६ वर्ष उमेर पुगी २५ वर्षसम्मका नेपाली नागरिकहरुले सहभागीता जनाउन पाउने बताए। उनका अनुसार यो कार्यक्रम २४ महिनाको हुनेछ। सो अवधिमा प्रशिक्षार्थीहरुले करिब ३.५ महिना शिक्षालयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जनपछि करिब १९.५ महिना उद्योग÷व्यावसायमा व्यावहारिक सीप र कार्यस्थलको अनुभव प्राप्त गर्नेछन्।


प्रशिक्षार्थीहरुले औद्योगिक अभ्यासका क्रममा न्यूनतम पारिश्रमिक ज्यालाको २५ प्रतिशत प्रोत्साहन रकम स्वरुप प्रत्येक उद्योग÷ व्यावसायबाट प्राप्त गर्ने अध्यक्ष बरालले बताए। उनले सम्बन्धित शिक्षालयबाट प्रशिक्षार्थीको हाजिरीको आधारमा दैनिक १ सय रुपैया यातायात खर्च उपलब्ध हुने समेत बताए। कार्यक्रम सफतापूर्वक सम्पन्न भएपछि प्रशिक्षार्थीहरुले प्रि– डिप्लोमा तहको प्रमाणपत्र प्राप्त गर्नुका साथै नेपाल सरकारको लोक सेवा आयोगद्धारा लिईने सम्बन्धित विषयको पदमा प्रतिस्पर्धा गर्न सकिने अध्यक्षको भनाई छ। उनका अनुसार पढाई छाडेर बसेका र सिप सिकेर रोजगारी गर्ने सोचाई भएका युवाका लागी यस कार्यक्रम उपयुक्त रहेको छ।
शिक्षलयले होटल मेनेमेण्टका साथै बाली विज्ञान(कृषी) र सिभिल ईन्जिनियरिङको तालिम पनि संचालन भईरहेको जनाएको छ।

One thought on “रोजगारमुखी बनाउन युवाहरुलाई निः शुल्क होटल मेनेजमेन्टको तालिम

टिप्पणीहरू are closed.