पानवारी शतवार्षिकी महोत्सव शुरु

दिव्य रोशनी(धरान)/ “पानवारी शतवार्षिकी महोत्सव शनिवार देखी शुरु भएको छ।
धरान उपमहानगरपालिका वडा नम्बर ६ अन्र्तगत रहेको पानवारीमा मानव बसोबास शुरु भएको सय वर्ष पुगेको अवसरमा सात दिने ऐतिहासिक “पानवारी शतवार्षिकी महोत्सव” को आयोजना गरिएको हो। शनिवार एक कार्यक्रमका बीच कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले पानवारी शतवार्षिकी महोत्सवको उद्धघाटन गरेका छन्। महोत्सवको उद्धघाटन गर्दै प्रदेश सभामुख विष्टले साबिक पाँचकन्या गाविस अन्तर्गत हाल धरान ६ न.ं वडामा पर्ने पानवारीको आफ्नै ईतिहास रहेको बताए। उनले कृषि योग्य भूमि रहेको पानवारीले आफ्नै उत्पादनमा आत्मनिर्भर बनेको समेत बताए।
यसैगरी कोशी प्रदेशका सांसद रमेश बस्नेतले अग्रजहरुबाट जानकारी पाए अनुसार वि.सं. १९७०/८० को दशकदेखि पानवारीमा बसोवास शुरु भएको आधार मान्दा पानीवारी सय वर्ष पुगेको बताए। उनले पानवारीमा पुरातात्विक महत्वका वस्तुहरु अझैपनि रहेको बताउँदै पानवारीको महत्वका बारेमा धेरै किंवदन्तीहरु रहेको बताए। त्यस्तै ६ न.ं वडाका वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडामा जनप्रतिनिधीहरु विजयी भएर आएपछि सम्पूर्ण कामको बाडफाँड गरी पानवारीलाई शिक्षा, स्वास्थ्य र खेलकुदमा अगाडी बढाउँदै लगेको बताए।
यसैगरी नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेलले तरकारी र खाद्यान्नमा आत्मनिर्भर बनेको पानवारीले धरानको आधा जनसंख्यालाई तरकारी आपूर्ति गरिरहेको बताए। उनले तरकारी उत्पादनमा आत्मनिर्भर बनेको पानवारीमा शहरीकरण बढ्दै जाँदा खेती योग्य जमिनहरु खण्डीकरण हुँदै गएकोमा चिन्ता समेत व्यक्त गरे।
यसैगरी कार्यक्रमका अध्यक्ष तथा सयपत्री बोईज युनियन क्लबका अध्यक्ष एसपजंग रुम्दालीले पानवारीको इतिहासलाई थप देश विदेशमा चिनारी गराउनको लागि पनि महोत्सवको आयोजना गरिएको बताए। उनले उहिलेको पानवारीको इतिहासलाई अहिलेको पुस्तासमक्ष जानकारी गराउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेमा आफु विश्वस्त रहेको समेत बताए।
सयपत्री बोइज युनियन क्लबको आयोजना तथा ६ नम्बर वडा कार्यालय धरानको संयोजनमा गरिएको शत वार्षिकी महोत्सव यही फागुन २६ गतेदेखि चैत २ गते सम्म पानवारी स्थित सरस्वती मार्गमा संचालन भएको छ। कार्यक्रमको उद्धघाटन अघि विभिन्न जातीय संघ÷संस्थाहरुको र्यालीले पानवारी बजार परिक्रमा गरी कार्यक्रम स्थल पुगेको थियो।


महोत्सवलाई आकर्षक बनाउन झाँकी प्रदर्शनी र साँस्कृतिक र्याली, रस्सी तान, कविता तथा नृत्य प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर साथै प्रत्येक साँभm राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने क्लबका उपाध्यक्ष, वडा सदस्य तथा कार्यक्रम संयोजक राजेन्द्र न्यौपानेले बताए। उनका अनुसार महोत्सवमा स्थानीय उत्पादन र सहुलियत बजारको स्टल समेत रहेको छभने रोटेपिङ, कोलम्बस, ड्रागन र मिकी माउस जस्ता बाल उद्यानहरु समेत रहेको छ।
पानवारी कृषियोग्य उर्वरभुमि पनि हो। यहाँ उत्पादन हुने पानमारा मन्सुली चामल अहिले पनि ब्राण्ड रहेको छ । साविकको पाँचकन्या गाविस अन्र्तगत वडा नम्बर १,२ र ३ लाई समायोजना गरेर धरान उपमहानगरपालिका अन्र्तगत वडा नम्बर ६ मा पानवारी पर्दछ । पूर्वमा मोरंङ जिल्लाको केरावारी गाउँपालिका सम्म सिमाना जोडिएको छ। सुनसरी क्षेत्र नम्बर १ का सांसद तथा तत्कालिन पाँचकन्या गाविसका पूर्व अध्यक्ष रमेश कुमार वस्नेत यसैक्षेत्रका स्थानिय बासिन्दा हुन्।
हाल आएर पानवारी शहरउन्मुख हुँदै गएको छभने राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग पानवारी हुँदै गएकाले पनि पानवारीले थप विकासको फड्को मार्ने अपेक्षा गरिएको छ। हाल नापी र मालपोत कार्यालय पनि पानवारीमा नै स्थापना गरिएको छ।


महोत्सवकै अवसर पारेर सयपत्री बोइज् युनियन क्लवले कोशी प्रदेश स्तरीय छैंटौ भलिवल प्रतियोगिताको आयोजना समेत गरेको छ। जसअन्तर्गत शनिवार भएको उद्धघाटन खेलमा आयोजक सयपत्री बोईज युनियन क्लब विजयी बनेको छ। खेलमा सयपत्रीले धरान उपमहानगरपालिकाको टिमलाई २–१ को सेटमा पराजित गरेको थियो। खेलमा सयपत्रीका महेश चौधरी म्यान अफ दि म्याच घोषित भए। शुक्रवार हुने फाईनल प्रतियोगिताको विजयी टिमले १ लाख रुपैयाँ र ३५ तोला चाँदीको रनिङ शिल्ड सहित प्रमाणपत्र पाउनेछभने उपबिजेता टिमलाई नगद ५० हजार सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने क्लबका महासचिव केदार वस्नेतले बताए। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। आज आईतवार प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमक झापा र सतिसाले स्पोर्टिङ क्लबका बिच खेल हुने महासचिव बस्नेतले जानकारी दिए। (दिव्य रोशनी साप्ताहिकबाट)