विहिवार थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि, ७२२६ जना संक्रमणमुक्त
(दिव्य रोशनी)/ नेपालमा विहिवार थप ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ७ हजार २ सय २६ जना डिस्चार्ज भएका छन्भने १ सय ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छभने ४ लाख १८ हजार ८ सय २९ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

Pingback: Exhibition booth rental
Pingback: todos santos houses for sale