सत्रौं गणतन्त्र दिवसमा भानुचौकमा द्वीप प्रज्वलन कार्यक्रम

दिव्य रोशनी(धरान)/ १७ औं गणतन्त्र दिवसको अवसरमा द्वीप प्रज्वलन कार्यक्रम २०८१ आयोजना गरिएको छ।
जेठ १५ गते मंगलबार अखिल क्रान्तिकारी धरान नगर समिति तथा वाईसिएल नेपाल धरान नगर समितिद्वारा धरानको भानुचोकमा संयुक्त रुपमा आयोजितद्वीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादीका नेता तथा धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले मन्तव्य व्यक्त गर्दै देशको मर्म र भावना अनुरुप यो देशलाई चलाउन देशको नेतृत्वलाई आग्रह गरे । उनले भने–“यो देशको नेतृत्व गर्ने तहलाई हामी भन्न चाहन्छौं, संविधानले दिएको अधिकारलाई नेपाली जनताले अनुबोध हुने गरि कार्यान्वयन हुनुपर्यो।”


ताकि नेतृत्व तहले नै संविधान विरुद्ध लागेको होकी भन्ने प्रतिप्रश्न समेत गर्दै भने–“२०४७ सालको संविधानले राजतन्त्रको परिकल्पना गरेको थियोभने एउटा व्यक्तिको इशारामा यो देश चलेको थियो, त्यो संविधानले महिला, दलित, उत्पीडित वर्गलाई अधिकार दिएको थिएन। तर अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सम्पूर्ण नेपाली जनताको त्याग र बलिदानले ल्याएको संविधान हो, यो संविधानले सबैको हक, अधिकार सुनिश्चत गरेको छ।”
उपमेयर बेघाले त्यो उत्पीडनबाट मुक्त भएको गणतन्त्रात्मक संविधानको रक्षार्थको लागि सबै नेपाली एकजुट हुन आग्रह समेत गरे।
द्वीप प्रज्वलन कार्यक्रममा नेकपा माओवादी र अखिल क्रान्तिकारीका शिर्षस्थ नेताहरुको उपस्थिति रहेको थियो।