प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कुमार कार्की
दिव्य रोशनी(धरान)/ प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएका छन्।
आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। आईतवार साझ ५ बजेसम्म प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रिमा दाबी गर्ने समय दिएका थिए। जस अनुसार कार्कीले आइतबार साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ। कार्कीलाई ६० जना सांसदले समर्थन गरेका थिए। नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जना सांसदले समर्थन गरेका थिए।
नवनियुक्त मुख्यमन्त्रि कार्कीको सपथ ग्रहण भने सोमबार हुने भएको छ। उनि झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका थिए।

Pingback: bonanza178
Pingback: fryd carts
Pingback: https://www.kirklandreporter.com/reviews/phenq-reviews-fake-or-legit-what-do-customers-say-important-warning-before-buy/
Pingback: modesta
Pingback: relax everyday
Pingback: ซื้อหวยออนไลน์
Pingback: http://skiindustry.org/forum/member.php?action=profile&uid=1127812