बागमती युवा क्लव सर्लाहीलाई हराउँदै एभिनिर फुटबल क्लब क्यामरुन सेमिफाईनलमा

दिव्य रोशनी(धरान)/ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिता अन्तर्गत आईतवार भएको खेलमा एभिनिर फुटबल क्लब क्यामरुन विजयी बन्दै सेमिफाईनलमा पुगेको छ।
धरान १६ स्थित रंगशालामा भएको खेलमा बागमती युवा क्लव सर्लाहीलाई १–० गोल अन्तरले पराजित गर्दै एभिनिर फुटबल क्लब सेमिफाईनल प्रवेश गरेको हो। खेलको पहिलो हाफको १४ औं मिनेटमा एभिनिर क्यामरुनका लागी साबा अलीले एक मात्र गोल गरेका थिए। खेलमा बागमती युवा क्लव सर्लाहीका आयुष राना म्यान अफ द म्याच घोषित भए। उनले नगद १० हजार प्रप्त गरे ।
भोली सोमवारको खेल नेपाल पुलिस क्लबका विरुद्ध काँकडभिट्टा क्लब झापाका बीच हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेताले १० लाख सहित शिल्ड, उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीले १ लाख, प्रत्येक खेलको म्यानअफ दि म्याचले १० हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्टर, उत्कृष्ट स्ट्राईकर, र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन्भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।