हिसान बास्केटवलः धरान मेघा महिला/ पुरुष दुवै टिम फाइनलमा

दिव्य रोशनी (धरान)/ हिसान सुनसरीको आयोजनामा आयोजित हिसान बास्केटवलमा धरान मेघा हिमालयन कलेजका महिला/पुरुष दुवै टिम फाइनलमा प्रवेश गरेका छन्।
मेघा संगै पुरुष तर्फ एम्स एकेडेमि र महिला तर्फ धरान उच्च मावि फइनलमा प्रवेश गरेका हुन्। शुक्रवार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ धरान मेघाले लोटस स्कुललाई ३६–१८ र एम्स एकेडेमिले धरान आर्दशलाई ३८–३२ अंकको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए । यसै गरि महिला तर्फ धरान मेघाले जेनिथ होलिल्याण्डलाई १२–६ र धरान उच्चले सियोन स्कुललाई २८–१० अंकको अन्तरले पराजित गर्दैै फाइनल यात्रा गरेका हुन ।


सोहि दिन भएको क्वाटर फाइनलमा पुरुष तर्फ एम्सले विष्णु मेमोरियललाई ४२–३०, महिला तर्फ धरान उच्चले विष्णुलाई नै ९–५ र मेघा कलेजले धरान आर्दशलाई १८–५ अंकको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । शुक्रवार भएको खेलमा महिला तर्फ धरान मेघा कलेजका सम्झना राईले क्वाटर फाइनल र सेमिफाइनल खेलमा, धरान उच्चका सन्ध्या राई, इक्सा लावति म्यान अफ द म्याच घोषित भए। पुरुष तर्फको खेलमा एम्स एकेडेमिका सिमोन राई र सितम लिम्वु र धरान मेघा कलेजका योगेश राई म्यान अफ द म्याच घोषित भए । उनिहरुलाई हिसान बास्केटवलका संयोजक अर्जुन घिमिरे, हिसान स्पोर्टस मिटका संयोजक हेमन्त भण्डारी र धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुले मेडल प्रदान गरेका थिए।
फाइनल खेल शनिवार विहान ७ बजे महिला तर्फ धरान मेघा र धरान उच्च मावि र साढे ८ वजे पुरुष तर्फ धरान मेघा र एम्स एकेडेमि विच फाइनल खेल हुनेछ । धरान बास्केटवल संघको प्राविधिक सहयोगमा संपन्न प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा भइरहेको छ।

5 thoughts on “हिसान बास्केटवलः धरान मेघा महिला/ पुरुष दुवै टिम फाइनलमा

टिप्पणीहरू are closed.