लायन्स क्लबद्धारा पाख्रीबासका विद्यार्थीहरुलाई ट्रयाक शुट र अभ्यास पुस्तिका बितरण
दिव्य रोशनी(धरान)/ लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रीक ३२५(क) अन्तर्गतको एरिया ५ भित्रका लायन्स क्लबहरुले धनकुटा पाख्रिबासका विद्यार्थीहरुलाई ट्रयाक शुट र अभ्यास पुस्तिका बितरण गरेको छ।
एरिया चिफ लायन कबिता लिम्बुको आयोजनामा सोमवार भएको कार्यक्रममा धनकुटा पाख्रीबास २ सान्ने स्थित श्री बालपन्च माध्यमिक बिधालयमा अध्ययनरत २ सय बढी बिद्यार्थीहरुलाई १ लाख ५० हजार मूल्य बराबरको ट्रयाक शुट तथा अभ्यास पुस्तिकाहरु बितरण गरेको हो। सो सामाग्रीहरु धरानका विभिन्न लायन्स क्लबहरुबाट संकलन गरिएको रकमबाट खरिद गरिएको हो।
लायन्स क्लब अफ धरान इम्प्यक्टका प्रेसिडेन्ट लायन देवानन्द झा को संयोजन रहेको सो कार्यक्रमको संचालन लायन निश्चल पलिखेले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी, डिस्ट्रीक ३२५(अ) का डिस्ट्रीक गभर्नर लायन धिरज गुरुङ, वडाका कार्यबाहक अध्यक्ष देवकी आले ,स्कुल ब्यबस्थापन समितीका अध्यक्ष सागर गान्छाकी, स्कुलका प्रधानाध्यापक श्री भरत प्रसाद अधिकारी, एरिया चिफ लायन कबिता लिम्बु तथा प्रोग्राम को–अर्डिनेटर लायन देवानन्द झा लगायतले आफ्नो शुभकामना तथा मन्तब्य राखेका थिए। कार्यक्रममा धरानका २० वटा लायन्स क्लब का अध्यक्ष लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

Pingback: ประกันภัยโดรน
Pingback: หวยออนไลน์
Pingback: spa music
Pingback: modesta coating
Pingback: timberking 1220