पहिलो अखिल फुटवल रनिङ्ग कप २०७९ः उद्घाटनमा धरान मेघा र डिपो भिड्ने

अनेरास्वव्यु धरान उपमहानगरपालिका कमिटिको आयोजनामा शुक्रवार देखि सुरु हुन लागेको पहिलो धरान उपमहानगर स्तरिय अखिल फुटवल रनिङ्ग कप २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ ।
पौष २२ गते देखि २९ गते सम्म सम्पन्न हुने मावि स्तरिय प्रतियोगितामा धरान उपमहानगरपालिका भरिका १३ वटा विद्यालयले सहभागिता जनाउदै प्रतिश्पर्धा गर्नेछन । प्रतियोगितामा ११ वा १२ कक्षामा अध्यन गरिरहेका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउनेछ ।
    आयोजकले वुधवार खेल तालिका तयार गरि सार्वजनिक  गरेको छ ।  खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा धरान मेघा कलेज वि टिम र डिपो आर्दश  कलेजले प्रतिश्पर्धा गर्नेछ । प्रतियोगिताका विजेता टिमले नगद ३३ हजार रुपैया, उपविजेताले नगद २२ हजार रुपैया, ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसैगरि व्यक्तिगत विद्या तर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडि, हाइ स्कोरर, वेस्ट गोलकिपर, वेस्ट डिफेन्स, वेस्ट मिडफिल्डर र प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडिलाई ट्रफि र प्रमाण प्रदान गरिने अयोजक अनेरास्वव्यु नगर कमिटि अध्यक्ष समिट कार्कीले जानकारी गराए  ।
 प्रतियोगिताको सम्पुर्ण खेल केन्द्रिय प्रविधि क्याम्पस हातिmसार धरानको खेल मैदानमा हुनेछ । खेल मैदान सानो भएकोले ८ साइजको खेल खेलाइने आयोजक अनेरास्वव्यु नगर कमिटि सहसचिव रोहन केसिले जनाए ।

11 thoughts on “पहिलो अखिल फुटवल रनिङ्ग कप २०७९ः उद्घाटनमा धरान मेघा र डिपो भिड्ने

टिप्पणीहरू are closed.