आज फागु पूर्णिमा अर्थात रंङहरूको पर्व होली

आज फागु पूर्णिमा अर्थात रंङहरूको पर्व होली, पहाडी जिल्लाहरूमा धुमधामका साथ मनाइँदै छ ।
हिमाली तथा पहाडी जिल्लाहरूमा होली पर्व आज मनाइने भए पनि तराईमा भने भोलि सोमबार होली पर्व मनाइन्छ । यो पर्वको अवसरमा सरकारले हिमाल र पहाडमा आज र तराईमा भोली सार्वजनिक बिदा दिएको छ ।
स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक रहेको छ । हिमाली र पहाडी भेकमा खासगरी “फागु पूर्णिमा” र तराईमा “होली” भनिन्छ ।
असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ।
असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रिले दिए होली पर्वको शुभकामनाः
होली पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागुपूर्णिमा (होलीपर्व) को शुभकामना दिएका छन्।
राष्ट्रपति र उपराष्ट्रपतिले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै होलीले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास समेत व्यक्त गरेका छन्।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।