होलीमा सौन्दर्यता बचाउने उपाय

खराब प्रवृत्तिमाथि असल प्रवृत्तिको विजय देखाएर मानिसलाई सही बाटोमा हिँड्न प्रेरित गर्ने चाडहरूमध्ये एक हो रंगहरूको उत्सव फागु अर्थात होली। होली रंगहरूको उल्लासमय पर्व हो ।
तर होलीमा मिसने केमिकलयुक्त रंगहरुले महिलाहरुको सौन्दर्यतामा असर पार्न सक्दछ। हर जो कोही महिलाहरु सुन्द्यर देख्न चाहन्छन् तर होलीमा केमिकलयुक्त मिसावट रंगले गर्दा सौन्दर्यतामा समस्या आईपर्ने भएकाले आफ्नो सौन्दर्यतालाई बचाई राख्न पनि जरुरी छ।
फागुमा बढीभन्दा बढी रंग प्रयोग गरिन्छ । यस्ता रंग प्रयोग गर्दा महिलाहरूले आफ्नो सौन्दर्यमा बढी ध्यान दिनुपर्छ। महिलाहरूको कोमल छालालाई सामान्य रंगले पनि हानि पुर्रुयाउन सक्छ । विभिन्न रंग पर्दा केशको सौन्दर्य हराउनुका साथै केश झर्ने, चायाँ पर्ने जस्ता समस्या देखा पर्न सक्छन्। यो रंगको पर्व त हो नि भनेर जथाभावी रंग प्रयोग गर्ने हो भने त्यसले हाम्रो स्वास्थ्य एवं सौन्दर्यलाई क्षति पुर्याउन सक्छ। त्यसैले होली खेल्दा रंगको प्रयोगमा विशेष ध्यान पुर्याउनुपर्छ।
होली पर्वमा रङको प्रयोग गर्दा यी सावधानीहरु अपनाउनुहोस्ः
– रासायनिक रंगको सट्टा गुणस्तरीय रङ प्रयोग गर्नुहोस्।
स्थायी वा फर्म रंगहरू प्रयोग नगर्नुहोस्।
– पानीमा घुलिने रंगहरू प्रयोग गर्नुहोस्।
– सुनौलो र चाँदीको रंग छालाको लागि खतरनाक हुन्छ, यसको प्रयोग नगर्नुहोस्।
– कपालमा रंग लगाउनु हुँदैन। जसका कारण कपाल सुख्खा र कपाल झर्ने सम्भावना बढ्छ।
– सुख्खा रंगबाट टाढा रहनुहोस्।
– आँखालाई रंगबाट बचाउनुहोस्।
होली खेल्नुअघि यी कुरामा ध्यान दिनुहोस्ः
यदि तपाईं रंगसँग होली खेल्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो छाला बचाउन केही तयारी गर्नुहोस्। छालामा थप मोइस्चराइजर लगाउनुहोस्। यसले छालाको नमी कायम राख्छ। रंग छालाको भित्री भागमा पुग्दैन र यसलाई हटाउन सजिलो हुन्छ।
– घाममा रासायनिक रंग लगाएर होली खेल्दा छालामा जलन हुन्छ र छाला सुख्खा हुन्छ । यस्तो अवस्थामा सनस्क्रिन लोशन लगाएर मात्र बाहिर निस्कनुहोस्। ताकि सुरक्षात्मक तह तपाईको छालामा रहन्छ।
– अनुहारको साथसाथै कपालको पनि ख्याल राख्नुहोस् र टाउकोमा नरिवलको तेल लगाउनुहोस्। जसले गर्दा कपाल रंगाएपछि पनि यसलाई सुख्खा हुनबाट बचाउन सकिन्छ।