धरानमा ३२ लाखको लागतमा आर्या ब्युटिआर्ट खुल्यो

दिव्य रोशनी(धरान)/ धरानमा ब्युटिसियन बन्ने र पार्लरमा सेवा लिनेहरुका लागि नयाँ ब्युटि क्लिनिक (पर्लार) खुलेको छ । धरान– १० स्थित सिंहबाहिनी भगवती मन्दिरको ब्यवसायीक भवनमा सोमबारबाट आर्या ब्युटि आर्ट एण्ड एकेडेमी सुरुवात भएको हो ।
३२ लाख रुपैया लगानी गरेर सञ्चालनमा ल्याइएको आर्या ब्युटिआर्ट एण्ड एकेडेमीको आज मङगलबार सरस्वती पुजाको अवसर पारेर धरान उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारीले उद्घाटन गरेकी छिन्। उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथी सुबेदीले धरानमा स्तरिय ब्युटि क्लिनिक तथा एकेडेमीको अभाव भईरहेको बेलामा आर्याको आगमनले त्यो अभाव मेटिने विश्वास लिएको बताइन । उनले धरानमा धेरै ब्युटि पार्लर र टेनिङ सेन्टरहरु भएतापनि राम्रो तालिम लिन र सेवा लिन धरानबाहिर जानु पर्ने बाध्यता रहेको समेत बताइन ।


यसैगरी आर्या ब्युटि आर्ट एण्ड एकेडेमीकी सिइओ सीता मिश्रले ब्युटिसियन बन्न चाहानेहरुलाई दक्ष बनाउने र स्वरोजगार बनाउने आफुहरुको उदेश्य रहेको बताइन्। उनिले ब्युटिपार्लरहरुमा जथाभावि प्रयोग हुने क्रिम तथा कस्मेटिक वस्तुहरुले धेरै महिलाहरुमा समस्या आएकोले ग्राहकहरुमा त्यस्तो समस्या नओस भन्नेमा आफुहरु सचेत भएर सेवा दिने बताईन्। त्यस्तै एकेडेमीकी निर्देशक अनिशा दाहालले विद्यार्थी तथा ग्राहकलाई राम्रो तालिम र सेवा दिन दक्ष प्रशिक्षक र ब्युटिसियनको टिम रहेको समेत जानकारी गराईन्।

404 thoughts on “धरानमा ३२ लाखको लागतमा आर्या ब्युटिआर्ट खुल्यो

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *