“सधै होली”

कविता

रंगहरुको पर्व होली सबैतिर आयो भन्छन्
रातो पहिलो हरियो निलो अनेक थरी रंग छर्छन्
कोही कसैलाई यस्तो पर्व वर्ष दिनमा आउला
देखा सिखी पर्वलाई खुसी उमंगले नै मनाउँला।

तर अचेल त वर्षैभरी
नाना थरी किसीमका होली खेल्छन्
बलात्कारी हत्या गरेर रातो रगतले नुहाउँछ
अपहरण लुटपाट गर्ने पैसाको रंगले रातै हुन्छ।

निरपराधी कठघरा भित्र यातनाले निलो हुन्छ
दोेषी जती छत्र छाँयामा पहेलपुर भई निर्धक्क घुम्छ
टेक्ने समाउने पाउनेहरु हरियाली भई ढकमक्क हुन्छ
पीडित परिवार पीडा सहँदै दिन दिनै कालो हुन्छ।

यस्तो रंगको वर्षा कहिले नआओस् भन्छु
भेदभावले बगाउनेलाई रगतकै दहमा डुबाउ भन्छु
बाला वृद्धा नभनी अत्याचार गर्नेलाई
होलिका झैं आगोमा दनदनी बालु भन्छु।

– (धरान उपमहानगरपालिका धरान–१४ विजयपुर)