हराईजन बास्केटबल रनिङकपःटाईम्स क्लब काठमाडौं सेमिफाइनलमा
दिव्य रोशनी(धरान)/ सातौँ संस्करणको राष्ट्रिय हराईजन बास्केटबल रनिङकप प्रतियोगिता अन्तर्गत मंगलवार भएको खेलमा डिफेण्डिङ च्याम्पियन टाईम्स क्लब काठमाडौँले जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान–१७ स्थित हराईजन बास्केटबल कोर्टमा मंगलबार सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा टाईम्सले विराट बस्केटबल क्लब मोरङलाई ६० का विरुद्ध ८९ स्कोर निकाल्दै जित निकालेको हो। खेलमा विराट बस्केटबल मोरङका सुजन लिम्बु अफ द म्याच घोषित भए। उनले नगद १ हजार ५ सय पाए।


भोलि बुधवारको खेल त्रिभुवन आर्मी क्लब काठमाडौँ र मधेश प्रदेश बास्केटबल बिच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ ५ सय ५५ रुपैया पाउनेछ। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार प्राप्त गर्नेछन्भने उदयीमान खेलाडीले १० हजार नगद प्राप्त गर्नेछन्। प्रतियोगितालाई धरान उप–महानगरपालिकाले संयोजन गरेको छभने गोर्खा बु्रअरी प्रा.लीले मुख्य प्रायोजन गरेको छ। त्यस्तै प्रतियोगिताका सहप्रायोजकहरुमा सेण्ट जोसेफ स्कुल, एम्स एकेडेमी, धरान १७ समाज हङकङ र धरान युके समाज रहेका छन्।
Pingback: click here now
Pingback: 다시보기
Pingback: codeless automation testing tools
Pingback: slot online
Pingback: คาสิโนออนไลน์ lsm99