डेंगु संक्रमणबाट धरानमा थप १ महिलाको मृत्यु

दिव्य रोशनी(धरान)/ डेंगु संक्रमणबाट धरानमा थप १ महिलाको मृत्यु भएको छ। यो संगै डेंगु संक्रमणबाट धरानमा मृत्युहुनेको संख्या ९ पुगेको छ।
धरान १३ निवासी कावेरी राईको डेंगु संक्रमणबाट मृत्यु भएको हो । तिन साता अघि विपी प्रतिष्ठान धरानमा उपचारका लागी पुगेका कावेरीलाई डेंगु संक्रमण पुष्टी भएको थियो । डेंगु उपचार पछी घरमै आराम गरिरहेका कावेरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछी थप उपचारका लागी विराटनगरको नोबेल हास्पिटलमा उपचारर्थ भर्ना गरिएको थियो। उनको आज विहिवार साँझ मृत्यु भएको मृतकका आफन्त साविता राईले बताईन्। उनको शवलाई नोबेल अस्पतालबाट अहिले विपी प्रतिष्ठान धरानको को मर्चरीमा ल्याईदैछ । उनी विगत केही वर्षदेखी भेडेटारमा होटल ब्यावसाय संचालन गर्दै आएको होटल एशोसियसन भेडेटारका पूर्व अध्यक्ष लिलाराज लावतीले बताए।
धरानमा डेंगु संक्रमणबाट बिरामी हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य संस्थाहरु डेंगुका विरामीहरुले भरिएका छन्भने उपमहानगरले पनि निःशुल्क स्वास्थ्य शिविरका साथै डेंगु लार्भा सर्च एण्ड डेष्ट्रोई अभियान जारी राखेको छ।