सुवास राई सुपर–८ः सडनडेथमा पनि बराबरी भएपछि धरान १४ र १७ को खेल पुनः खेलाईने

दिव्य रोशनी(धरान)/सुवास राई स्मृती सुपर–८ अन्तर्गत धरान १४ र १७ बिचको खेल बराबरीमा रोकिएपछि भोली पुनः उपाधीका लागी प्रतिस्पर्धा गर्ने भएका छन्।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज आईतवार धरान रंगशालामा भएको फाईनल खेल रोचकमय बनेको थियो। खेलको निर्धारित समयसम्म दुवैतर्फबाट कुनैपनि गोल हुन नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको थियो। ट्राईब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा दुबै टिमबाट १५/१५ पटक गोल प्रहार भएपनि १३/१३ गोलको बराबरी भएपछि अध्यारोका कारण खेल स्थगित गरिएको थियो।
खेल स्थगित गरिएपछि आयोजक पदाधिकारीहरु बिचको छलफलले भोली सोमवार पुनःखेल खेलाईने निर्णय भएको प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।

प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।