मगर संघ धरान १४ मा कविता

दिव्य रोशनी (धरान)/ कविता थापा मगर अध्यक्षतामा धरानको १४ नं. मगर वडा समिती गठन गरिएको छ।
शनिवार धरान १४ विजयुर स्थित आईडियल स्कुलमा सम्पन्न मगर भेलाले कविता थापा मगरको नेतृत्वमा १३ सदस्यीय मगर वडा समिती गठन गरेको हो। नवगठित कार्यसमितिको सचिबमा कल्पना आले मगर, सह–सचिबमा कालु राना मगर र कोषाध्यक्षमा अन्जु थापा मगर रहेका छन्।
यसैगरी समितीको सदस्यहरुमा सोनियना आले मगर, मन्जु राई (मगर), कुमारी मगर, फुलमाया तामाङ (मगर), आस्था आले मगर, शोभा ठाडा मगर, धनमाया गान्छाकी मगर, विजय थापा मगर, डम्बरी माया मगर रहेका छन्।
नवगठित कार्यसमितिलाई नेपाल मगर संघ धरान उपमहानगर समितिका अध्यक्ष चित्रराज थापा मगरले सपथ ग्रहण गराउनुका साथै आवश्यक कागजातहरु हस्तान्तरण गरेका थिएभने अध्यक्ष कविता थापाले आफ्नो प्रतिबद्धता मन्तव्य व्यक्त गरेकि थिईन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ धरान उपमहानगर समितिका सल्लाहकार एवम संस्थापक अध्यक्ष बलराम राना मगरले हिजो राणा र पञ्चायतको शासन व्यवस्थामा संगठित हुने अवसर नभएपनि अहिले अवस्था अनुकुल रहेकोले संगठित हुँदै जानुपर्ने बताए। उनले “एकता नै बल हो” भन्ने मुल नाराको साथ मगर समुदाय संघको छाता मुनि गोलबन्द हुँदै जानुपर्नेमा जोड समेत दिए।
यसैगरी मगर वडा भेलामा धरान उपमहानगरपालिका १४ नं. वडाका पुर्व महिला सदस्य शोभा पुलामी मगर र नेपाल मगर संघ धरान उपमहानगर समितिका सल्लाहकार एवं भुपु अध्यक्ष नरकुमार मगराती मगरले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नेपाल मगर संघ धरान उपमहानगर समितिले संगठन बिस्तार गर्ने क्रममा हालसम्म १, ५, ६, १३, १७, १८, १९ र २० नं वडासमिति गठन भैसकेको छ भने १४ नं. वडा समिति नवौ वडा समिति हो । हाल संघको नगर स्तरीय भातृ संगठनहरु युवा, महिला, साँस्कृतिक र खेलकुद एवम शुभेच्छुक संस्थाको रुपमा नेपाल मगर बौद्ध सेवा समाज कृयाशिल रहेको छ।
भेलामा नेपाल मगर संघ १ नं वडा समितिका अध्यक्ष हेलिना पिठाकोटे मगर र १३ नं वडा समितिका अध्यक्ष सरिता राना मगरको समेत उपस्थिति रहेको थियो ।