आईतबार १०४ कोरोना संक्रमित थपिएः २ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप १ सय ४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५ सय ९२ पिसीआर परिक्षण गर्दा ८९ जना र १ हजार ९ सय ९५ एन्टिजेन परिक्षणबाट गर्दा १५ जनागरी १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय १ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ९ लाख ८४ हजार ४ सय १३ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या २ हजार ३ सय १६ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा २ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट १२ हजार १४ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

8 thoughts on “आईतबार १०४ कोरोना संक्रमित थपिएः २ को मृत्यु

टिप्पणीहरू are closed.