शनिवार थप २३२८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शनिवार थप २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ४३ हजार ५ सय ८० र एन्टिजेन परिक्षणबाट ३७ हजार ५ सय ५६ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ हजार ६६ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ६ लाख ६ हजार ६ सय ६६ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ९ हजार १ सय ९८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

2 thoughts on “शनिवार थप २३२८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *