राजमुपाको छैठौ महाधिवेशन धरानमा हुनेः पुरानै नेतृत्व दोहोरिने संभावना

दिव्य रोशनी(धरान)/ राष्ट्रिय जनमुक्ति पार्टीको छैठौ राष्ट्रिय महाधिवेशन आगामी जेठ ५, ६ र ७ गते धरानमा हुने भएको छ।
जेठ ५ गते धरानको भानुचौकमा आयोजना हुने उद्धघाटनसभामा नेपालका ५८ वटा जिल्लाबाट साढे नौ सय भन्दा बढी प्रतिनिधी तथा पर्यवेक्षकहरुको उपस्थिती हुने बताईएको छ। महाधिवेशनबारे धरानमा आज आयोजित पत्रकार सम्मेलनमा राजमुपाका केन्द्रिय अध्यक्ष केपी पालुङ्वाले बढ्दो कोभिड संक्रमणलाई हेरेर स्वास्थ्य सुरक्षा अपनाउँदै महाधिवेशनको आयोजना गर्ने बताए। उनले महाधिवेशनमा हङकङ जापान, अष्ट्रेलिया, अमेरिका गरी २६ मुलुकबाट नेपाली प्रतिनिधी समेत आउने बताए। पार्टीका संस्थापक अध्यक्ष एमएस थापाको प्रमुख आतिथ्यतामा हुने महाधिवेशनमा भारतको सिक्किम, बंगाल, उत्तर प्रदेशबाटपनि पर्यवेक्षक आउने भएकाछन्भने सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङलाई समेत निम्तो दिईएको अध्यक्ष पालुङ्वाले बताए।
महाधिवेशनले संघिय लोकतान्त्रिक गणतान्त्रिक संविधान २०७२ लाई पुनर्लेखन गर्दै राज्य संरचनालाई पूर्ण संघियतामा लाने र हालको निर्वाचन प्रणालीलाई अन्त्यगरी जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गराई देशका सबैजाती, वर्ग, लिंग र समुदायको प्रतिनिधित्व तथा राजनीतिक कार्यदिशा सुनिश्चित गर्ने भएकाले यस महाधिवेशन ऐतिहासिक हुने बताईएको छ। यसवर्षको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नभई पुरानै नेतृत्व दोहरिने सहमति भईसकेको समेत अध्यक्ष पालुङवाले बताए।
सोहीक्रममा अध्यक्ष पालुङ्वाले कोभिड १९ ले मुलुक जर्जर भएको अवस्थामा भ्रष्ट्राचार बढेको भन्दै ओली नेतृत्वको सरकारले तुरुन्त कुर्सी छोड्नुपर्ने बताए। उनले नेकपा पछि नेपाली कांग्रेस दोश्रो शक्ति भएपनि जनताले सरकार चलाउन म्यानडेट नदिएका कारण ताजा जनादेशका लागि सर्वदलिय सर्वपक्षिय चुनावी सरकार बनाई निर्वाचनमा जानुपर्ने बताए। एक फरक प्रसंगमा अध्यक्ष पालुङ्वाले एमसिसि नेपालको हितमा नभएकाले त्यसको विरोध राजमुपाले गर्दै आएको समेत बताए।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सचिवद्धय पदम जबेगु, विष्णु थाम्देन र पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईको समेत उपस्थिती रहेको थियो।

2,647 thoughts on “राजमुपाको छैठौ महाधिवेशन धरानमा हुनेः पुरानै नेतृत्व दोहोरिने संभावना

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *