आईतवार थप १०९६ जनामा कोरोना संक्रमण पुष्टिः २६२ जना डिस्चार्ज

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा १०१५ जना र एन्टिजेन परीक्षणमा ८१ जना गरी १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ६२ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७५ हजार ३ सय पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार ८३ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.