धरानमा दादुरा रुबेला खोप अभियान संचालनबारे सरोकारवाला संघ–संस्थाहरुबीच अन्र्तक्रिया

दिव्य रोशनी(धरान)/ नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत दादुरा रुबेला खोप अभियान कार्यक्रम सञ्चालनबारे धरानमा सरोकारवाला संघ–संस्थाहरुबीच अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ।
आज बिहिबार धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा होटल स्टार पुर्वीमा आयोजित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दादुरा रुबेला खोप अभियान कार्यक्रम सञ्चालनबारे पालिका खोप समन्वय समिती र सरोकारवाला संस्थाहरुसँग अन्तक्रियात्मक छलफल कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रमका अध्यक्ष धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले यो खोप अभियान कार्यक्रम अत्यन्त महत्वपूर्ण भएको बताए । उनले अहिले युग सूचना प्रविधीको युग भएको बताउँदै खोप अभियानमा कोहीपनि बालबालिकाहरु नछुटुन् भन्नका लागि सरोकारवाला संस्थाहरु समेतले सक्दो प्रचार÷प्रसार गर्नुपर्ने बताए।
यसैगरी उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले धरान उपमहानगरपालिकामा यही फागुन २१ देखि फागुन २९ गतेसम्म यो अभियान सञ्चालन हुने बताए। उनले आगामी सन् २०२६ सम्ममा नेपाल सरकारले दादुरा रुबेला उन्मुलन गर्ने लक्ष्य लिएको बताए।
कार्यक्रममा धरानका २० वटै वडाका जनप्रतिनिधी, सरोकारवाला संघसंस्था, सुरक्षाकर्मीहरुको समेत उपस्थिती रहेको थियो।