धरान एक्स्पोमा आज एलिना चौहानको प्रस्तुती रहने

दिव्य रोशनी(धरान)/धरानमा सञ्चालित एक्स्पोमा चर्चित गायिका एलिना चौहानकोे आज विहिवार धमाकेदार प्रस्तुति रहने भएको छ।
सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित एक्स्पोको सातौं दिनमा एलिनाको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक गोपाल श्रेष्ठले बताए। गायिका चौहानको ‘मिनिरल वाटर.., ‘कुरा काट्ने मान्छेले काटुन…, ‘छेकेर माया छेकिन्न.., ‘मेरो परान… लगायतका गीत चर्चित छन् । गायिका चौहानसँगै एक्स्पोमा स्थानीय कलाकारहरुकोे समेत प्रस्तुती रहने छ।
स्थानीय उत्पादन, किचनका सामाग्रीहरु खाद्यान्न सामाग्रीका साथै छिमेकी राष्ट्र भारत र पाकिस्तानको लत्ताकपडा समेत बिक्री वितरणको लागि राखिएको संयोजक श्रेष्ठले बताए। श्रेष्ठका अनुसार धरान एक्स्पो अवलोकन गर्न आउनेलाई ४ बजेसम्म प्रवेश शुल्क निःशुल्क रहेको छ। साँझमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुती रहने भएकोले २०० रुपैयाँ टिकट राखिएको संयोजक श्रेष्ठले बताए। सवारी साधन पार्किङ निःशुल्क रहेको आयोजकले बताएको छ।
फागुन ११ गतेदेखि सुरु भएको एक्सपोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, किड्स जोन समेत रहेको छ ।