न्यू जनकल्याणकारी सहकारीद्धारा १२ करोड बढीको कारोबार (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ महिला अध्यक्ष रहेको धरानको न्यू जनकल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० मा १२ करोड बढीको आर्थिक कारोबार गर्न सफल भएको छ।
शनिवार संस्थाको १८ औं वार्षिक साधारणसभामा अध्यक्षको मन्तव्य प्रस्तुत गर्दै मन कुमारी याक्खाले २०६१÷०६२ मा ३ लाख ३२ हजार रुपैयाँ शेयरपूँजीबाट शुरुवात गरेको यस संस्थाले यस आर्थिक वर्षमा आईपुग्दा शेयर पूँजी ७३ लाख ३८ हजार र वार्षिक कारोबार १२ करोड ७ लाख ९४ हजार ६ सय ४६ रुपैयाँको कारोवार गरेको बताईन्। उनले विद्यमान आर्थिक मन्दिको अवस्थामा पनि संस्थाले बराहक्षेत्र नगरपालिका र साँगुरीगढी गाउँपालिका धनकुटामा समेत कार्यक्षेत्र बिस्तार गरेको बताउँदै प्राप्त जिम्मेवारी भूमिकालाई निर्वाह गर्न आग्रह गरे।


यसैगरी वार्षिक प्रगती विवरण प्रस्तुत गर्दै संस्थाका सचिव विष्णुमाया लिम्बुले आ.व. २०७९/०८० मा संस्थाले २८ लाख १४ हजार शेयर बिक्री गर्ने लक्ष्य लिएकोमा २ लाख ९५ हजारको मात्र शेयर बिक्री गर्न सफल भएको र यसैगरी संस्थाले आव २०७९/०८० मा वार्षिक कार्यक्रम अन्तर्गत १९ करोड ६७ लाख २ सय ६१ रुपैयाँको कारोबार गर्ने लक्ष्य राखेकोमा १२ करोड ७ लाख ९४ हजार ६ सय ४६ रुपैयाँको मात्र आर्थिक कारोबार गर्न सफल भएको जनाईन।
यससैगरी संस्थाले २०६४ सालदेखी रेमटेन्स सेवालाई संचालन गरिरहेको साथै २०६८ सालदेखी संस्थाका शेयर सदस्यहरुको हितलाई ध्यानमा राखी शेयर सदस्य सुरक्षण कोष र शेयर सदस्य दुर्घटना कोष संचालनमा ल्याईएको उनले बताईन्।
यसैगरी संस्थाले न्यूनतम १ करोड शेयर पूँजी पुर्याउन २०८०/०८१ मा ३१ लाख ६२ हजारको शेयर बिक्री गर्ने लक्ष्य लिएको छ। यसैगरी संस्थाले आ.व. २०८०/०८१ मा ४ करोड ४३ लाख ६० हजार ३ सय २१ रुपैयाँ निक्षेप संकलन गरेको छभने ४ करोड ६० लाख ८५ हजार ८ सय ९६ रुपैया निक्षेप फिर्ता गरेको छ।
त्यस्तै १ करोड ४८ लाख ४६ हजार ऋण लगानी गरेको छभने १ करोड ४९ लाख ६५ हजार ४ सय २९ रुपैयाँ ऋण असुली समेत गरेको छ। साथै संस्थाले आ.व. २०७९/०८० मा सम्पूर्ण खर्च कटाएर १ लाख ३३ लाख ९१ रुपैयाँ खुद नाफा गरेको छ।
कार्यक्रममा बचत तथा ऋण जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष योगमाया सुवेदीले सहकारीका ७ सिद्धान्त पालना गर्न सके कुनैपनि सहाकरी धरासयी नहुने बताईन्। उनले सहकारीलाई दरिलो बनाउन व्यवस्थापन पक्ष सबल र सकृय हुनुपर्ने बताउँदै नेतृत्वमा दुरदृिष्ट क्षमता हुनुपर्ने समेत बताईन्। यसैगरी विशेष अतिथी लक्ष्मी कुमारी थेवेले संस्थाको आर्थिक प्रगतीको शुभकामना व्यक्त गरेकी थिईन्।
संस्थाका उपाध्यक्ष चन्द्रमाया लिम्बुद्धारा स्वागत मन्तव्य व्यक्त गरिएको सो कार्यक्रममा उत्कृष्ट ऋणी र उत्कृष्ट बचतकर्तालाई सम्मानपत्र समेत वितरण गरिएको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)