धरान एक्स्पोबारे भ्रामक समाचार फैलाएकोप्रति आयोजकको ध्यानाकर्षण

रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पोलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेषित भएकोप्रति ध्यानाकर्षण भएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ।
आयोजकले आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट प्रेसित सूचना भ्रामक रहेकाले सजग रहनसमेत अपिल गरेको छ । “धरान एक्स्पोमा हालसम्म कुनै दुर्घटना नभएको जानकारी गराउँन चाहन्छौं” आयोजकले विज्ञप्तिमा भनेको छ,“यस्ता भ्रामक समाचार प्रति हाम्रो गम्भिर आपत्ति रहेको समेत जानकारी गराउँन चाहन्छौ।”
आयोजकले कुनै अप्रिय घटना नभएको जानकारी दिँदै एक्स्पोमा ढुक्क भएर सहभागी हुन अनुरोध गरेको छ ।
बुधबार धरान एक्स्पोमा रमिता हेर्न गएका पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका एक विद्यार्थीको हातको औँला रोटे पिङले चुडाइदिएको भ्रामक समाचार र फेसबुक पोस्ट सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तर विद्यार्थी नेता प्रमोद भट्टराईले उक्त घटना धरान एक्स्पोमा नभई अन्य ठाउँमा भएको बताए । उनले भने, “क्याम्पस भित्र रहेको मेकानिकल ब्लक नजिकै घुम्ने मेसिन चलाउँदै गर्दा करिब ५ बजे उक्त घटना भएको हो ।”
धरानको व्यापार, व्यवसाय तथा उपभोक्ता बजारमा नयाँ चहल पहल ल्याउने विश्वासका साथ फागुन १३ गतेबाट धरान एक्सपो सुरु गरिएको हो। एक्सपोमा स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाका उत्पादनहरूलाई समेत प्राथमिकता दिएर बिक्री वितरणका लागि रखिएको छ।