सोमवार थप २६६ जनामा कोरोना संक्रमण पुष्टिः ४ को मृत्यु
(दिव्य रोशनी)/ नेपालमा सोमवार थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ६६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ सय २ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३६ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Pingback: 다시보기 사이트 순위
Pingback: rajabandarq
Pingback: alpha88 thailand
Pingback: toto makau