लालबहादुर बिक न्यायको लागि शान्तिपूर्ण खबरदारी

दिव्य रोशनी(धरान)/ शिल्पी दलित विशेष समिति र जसपा नेपाल इटहरीले ठगी आरोपमा जेल जीवन बिताई रहेका ईटहरी २० का मजदुर लालबहादुर बिक निर्दोष रहेको भन्दै न्यायको लागि शान्तिपूर्ण खबरदारी कार्यक्रम गरेको छ।
ईटहरी १९ स्थित तरहरामा रहेको सिंहदेवी ज्वेलर्समा कार्यरत मजदुर लालबहादुर बिक ठगीको आरोपमा ३ करोड १४ लाख भन्दा धेरै बिगोमा बिगत ८ महिना देखि झुम्का कारागारमा राखिएका छ्न । उनि संगै ज्वलर्सका प्रोपाइटर दिपक बिक, उनका बुवा कृष्ण बहादुर बिक र सीता बिक पनि जेल जीवन बिताइरहेका छ्न। मुद्दाका जाहेरी वालाले लालबहादुर बिकले आफुहरुलाइ ठगी नगरेको र ऊनी निर्दोष रहेको बताउदै आएकाछ्न।
समितीले निर्दाेष लालबहादुरको न्यायको माग गर्दै शान्तिपूर्ण खबरदारी आन्दोलन गर्दै ईटहरी उप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेललाइ भेटी ज्ञापन पत्र समेत बुझाएको छभने इटहरी उपमहानगरपालिका मार्फत प्रधानमन्त्री ,गृहमन्त्री, कानुन तथा न्याय मन्त्रालय, राष्ट्रिय दलित आयोग ,राष्ट्रिय मानवअधिकार आयोग, उच्चअदालत विराटनगर समेतलाई ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्र बुझाए लगत्तै ठुलो संख्यामा आएको समूहले लालबहादुरको न्यायको निम्ति नारा जुलुसका साथ इटहरी नगरपरिक्रमा गर्दै इटहरी चोकमा कोणसभा समेत गरेको थियो। कोण सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका राजनीति समिति सदस्य दल मर्दन कामीले निर्दोष लालबहादुर बिक माथि बिना सुझबुझ सुनसरी जिल्ला अदालतले अन्याय गरेको भन्दै अदालतका न्यायाधीश निर्मला योङ्यालाइ बर्खास्त गर्नुपर्ने बताए। उनले निर्दोष लालबहादुर बिकको न्यायका निमित्त सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए।त्यस्तै जसपा केन्द्रिय सदस्य योसा गुरागाई ,जसपा नगर अध्यक्ष डिल्ली सुब्बा , साहित्यकार भोलामान बर्देवा लगायतले लालबहादुरलाई अदालतले तत्काल न्याय दिनुपर्ने बताएका थिए।
शिल्पी र दलित विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश बिकको अध्यक्षतामा भएको सो कार्यक्रमलाई जसपा नेपाल इटहरीका सचिव शान्तिराम गौतमले संचालन गरेका थिए । उक्त कार्यक्रममा निर्दोष लालबहादुर विकलाई न्याय दे , लालबहादुर विक निर्दोष छन् ,न्याय दिलाउन नसक्ने न्यायालय मुर्दावाद, मजदुरमाथिको अत्याचार बन्द गर ,निर्दाेष लालबहादुरलाई फसाउने न्यायाधिश मुर्दावाद ,निर्दोष लाल बहादुरलाई न्याय दिन नसक्ने न्यायाधीशलाई बर्खास्त गर जस्ता नाराहरु लगाएका थिए ।
लालबहादुर बिकको न्यायको निम्ति अहिले स्वतन्त्र नागरिक बुद्धिजीवी युवा विद्यार्थीहरुले स्वतःस्फूर्त देशको राजधानी काठमाडौंको माइतीघर, विराटनगर, धरान लगायतका शहरहरुमा विरोध स्वरूप न्यायको माग गर्दै धर्ना तथा जुलुसका कार्यक्रमहरु शुरु गरेका छ्न।(साभारः दिव्य रोशनी साप्ताहिक वर्ष १९ अंक १०)

2 thoughts on “लालबहादुर बिक न्यायको लागि शान्तिपूर्ण खबरदारी

टिप्पणीहरू are closed.