धरानको बजारको साख कायमैः उपमेयर बेघाले गरे क्रस फायर बाईक शोरुमको उद्धघाटन

दिव्य रोशनी(धरान)/ धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र बिक्रम बेघाले धरानको बजारको साख कायमै रहेको बताएका छन्।
सो कुरा उनले शुक्रवार धरानमा आयोजित क्रसफायर बाइकको शोरुम उद्घघाटन समारोहलाई सम्बोधनका क्रममा बताएका हुन्। उपमेयर बेघाले धरान बजार अन्यत्र सरेर धरानको साख गुमेको व्यापारिहरुमा चर्चा चले पनि धरान बजारको साख कायमै रहेको बताएका हुन्। उनले धरानको बजारको साख आफ्नै खालको महत्व र गरिमा रहेको बताउदै विराटनगर, ईटहरी र भेडेटारका व्यवसायीहरुको आफ्नै पीडा रहेको बताए। उनले भने “धरानको व्यवसाय अर्कैतिर सर्यो भन्ने जुन प्रचार छ, त्यो मैले देखेको छैन।”


सोहीक्रममा उपमेयर बेघाले क्रसफायर बाइक पहाडी ग्रामिण क्षेत्रमा साहसिक यात्रा गर्न उपयोगी हुने भएकोले धरानको पर्यटनमा पनि यसले योगदान पुर्याउने बताए। उनले क्रस फायर बाईक शो रुमको उद्धघाटनले धरानको आर्थिक विकासमा र रोजगारी सृर्जनामा पनि टेवा पुग्ने बताए। उनले भने “अहिलेको बजार, राष्ट्रिय अर्थतन्त्र, विश्व अर्थतन्त्र संकटतिर जान खोजिरहेको छ।यसलाई पुर्नताजगी गराउन, आर्थिक गतिविधि बढाउन यस्ता आर्थिक क्रियाकलाप र उद्योग सञ्चालनले ठुलो योगदान गर्छ।”
यसैगरी क्लासिक ह्विल एक्स्पोर्ट एण्ड इम्पोर्टका मार्केटिङ प्रमुख अनुराग वमले पछिल्लो समय डर्ट बाइकको रेस पनि हुन लागेकोले यो मोटरसाइकल खेलकुदको लागि पनि उपयोगी भएको बताए। उनले क्लासिक ह्विलले सन् २०१३ देखि नेपालमा क्रसफायर ब्राण्डको बाइक र स्कुटर नेपाल भित्राएर बिक्रीवितरण गर्दे आएको समेत जनाए।


क्रसफायर बाइक शो रुमका संचालक लुकेन्द्र राईले २ बर्षदेखि नै क्रसफायर बाइक भाडामा उपलब्ध गराउदै आएपनि पछिल्लो समयमा युवाहरुको क्रसफायर बाईकप्रति बढ्दै गएको मोहलाई देखेर शो रुम नै संचालनमा ल्याएको जानकारी दिए। उनले दशै तिहारको अवसरमा क्रस फायर बाईक खरिदमा विशेष छुटको अवसर रहेको समेत जानकारी दिए।
क्रस फायर बाईक शोरुमका संचालक राई मितेरी डेभलपर्स एण्ड सप्लायर्सका संचालक समेत हुन्। पुर्व सिंगापुरे लाहुरे समेत रहेका राईले यसअघि मितेरी स्पोट्र्स सेन्टर खोलेर फुटसल, जिम हल, ब्याडमिन्टन कोर्ट पनि सञ्चालनमा ल्याएकाछन् भने स्पोट्र्स सामग्रीको होलसेल व्यापार पनि गरिरहेका छन्। शोरुम उद्धघाटनको अवसरमा युवाहरुले भानुचोकमा बाइक स्टण्ट समेत गरेका थिए।(दिव्य रोशनी साप्ताहिकबाट)

One thought on “धरानको बजारको साख कायमैः उपमेयर बेघाले गरे क्रस फायर बाईक शोरुमको उद्धघाटन

टिप्पणीहरू are closed.