शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट

धरान / युवापुस्ताहरु  माझ निक्कै नै लोकप्रिय ब्याण्ड द एज धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि आउँदो फागुन २४ गते शनिबार आयोजना हुने  ” प्रजापति संगीत समारोह -द एज लाइभ इन धरान ” कार्यक्रममा  आउँदैछन। 

सम्झिने मुटु , थाहा छैन , नचाहेको हैन , तिम्रो याद , मेरो आँशु लगायतका थुप्रै गीतहरु द एज ब्याण्डका लोकप्रिय रहेका छन्।  २४ बर्ष अघि पहिलो अल्बम निकालेर चर्चित बनेको द एज ब्याण्डको मुख्य गायक जीवन गुरुङ रहेका छन्। 

कन्सर्टमा धरानको लासोज ब्याण्ड लगायत स्थानीय डान्स सेन्टरहरुको नृत्य समेत रहनेछ।  कार्यक्रमलाई भब्य र सभ्य  बनाउन  स्टेज ,साउण्ड, लाइट सिस्टमहरु उच्चस्तरको रहनेछ र  साउण्ड -लाइटको व्यवस्थापन सुन्दर साउण्डले गर्ने  आयोजक प्रज्ज्वल प्रजापति श्रेष्ठले बताए। 

धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुने  सांगीतिक कार्यक्रम बांझागरा एकता युवा क्लब ,धरान -१५ को आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन् लागेको हो।