नुनढाकीमा वडा स्तरीय पुरुष फुटबल तथा नृत्य प्रतियोगिता हुने

किरण लिम्बू
(संखुवासभा)/
संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी स्थित तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल तथा नृत्य प्रतियोगिताको आयोजना हुने भएको छ ।
विगतका वर्षजस्तै यस पटक पनि तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको हुने भएको हो । यही चैत २८ गतेबाट प्रतियोगिता शुरु भई २०८१ वैशाख १ गते समापन हुने आयोजक तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका खेल संयोजक अमिर लिम्बुले जानकारी दिए । उनले पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएकाले जिल्लाभित्र र बाहिरका दुई दर्जन हाराहारी टिमले सहभागीता जनाउने बताए ।
उक्त फुटबल प्रतियोगितामा विजेताले ३२ हजार १ सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ भने उपविजेताले १६ हजार १सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ। यसैगरी नृत्य तर्फ प्रथमले ५ हजार १ सय सहित प्रमाणपत्र पाउने र दोस्रोले ३ हजार १ सय सहित प्रमाणपत्र पाउने आयोजक तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिले जनाएको छ।