तेस्रो हाम्रो धरान भेट्रान कपः राजारानी भेट्रान विजयी

दिव्य रोशनी(धरान)/ धरानमा जारी तेस्रो हाम्रो धरान भेट्रान कप अन्तर्गत शनिवार भएको खेलमा राजारानी भेट्रान फुटबल क्लव विजयी बनेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा शनिवार धरान रंगशालामा राजारानी भेट्रान फुटबल क्लव र मेघा भेट्रान फुटबल क्लव विराटनगर बिचको खेलमा राजारानी भेट्रान ४–० गोल अन्तरले विजयी बनेको हो। खेलमा राजारानी भेट्रानका विजय राईले पहिलो हाफको २० औं मिनेटमा पहिलो गोल गरेका थिए। मध्यान्तरसम्म १–० ले अग्रता लिएको राजारानीले दोस्रो हाफको ८ औं मिनेटमा सुमन श्रेष्ठले अग्रतालाई दोब्बर बनाएका थिए। यसैगरी दोस्रो हाफको २० औं मिनेटमा विजय राईले व्यक्तिगत दोस्रो गोल गरेका थिएभने ५७ औं मिनेटमा सुमन श्रेष्ठले पनि व्यक्तिगत दोस्रो गोल गरेका थिए। मेघा भेट्रानका तर्फबाट कुनैपनि गोल हुन नसकेपछि राजारानी ४–० गोल अन्तरले विजयी बनेको थियो । खेलको म्यान अफ दि म्याच राजारानी भेट्रानका सुमन श्रेष्ठ घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


प्रतियोगिता अन्तर्गत भोली आईतवारको खेल लखनपुर भेट्रान र धरान भेट्रानका बीच दिनको ठिक ३ः३० बजे हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए। यही बैशाख २२ गते हुने उक्त प्रतियोगिताको बिजेताले ट्रफि सहित १ लाख ५ रुपैया र उपविजेताले ६० हजार ५ रुपैया सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचले जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद ४ हजार र प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।
गत बर्ष हाम्रो ईटहरी भेट्रान क्लब विजेता बनेको थियोभने धरान भेट्रान उपविजेता बनेको थियो।