धरान रनका उदयीमान धावकलाई स्पोर्टस् सुज प्रदान

दिव्य रोशनी(धरान)/ धरान रनका उदयीमान धावकहरुलाई प्रोत्साहन गर्न धरान मेघा हिमालयन कलेजले शनिवार खेलाडिहरुलाई स्पोर्टस सुज प्रदान गरेको छ।
नियमित रुपमा हरेक शनिवार धरान रन द्धारा आयोजना गर्ने ३ कि.मि रनको पाच सय ८२ आंै हप्ता रनमा धरान मेघा कलेजले सहयोग प्रदान गरेको हो। धरान रनले शनिवारको दौडलाई “धरान मेघा हिमालयन कलेज ५ सय ८२ औं हप्ता रन” नाम दिएका थिए । कलेजको तर्फवाट उदयीमान खेलाडि अर्पन राई, अमित मगर, सुजित विक, सुरेन राई र विपिन राईलाई स्पोर्टस सुज प्रदान गरिएको थियो ।
यसैगरि २० हप्ता पुरा गरेका आयुस तामाङ, ५० हप्ता दौड पुरा गरेका प्रज्वल तामाङ र सत्यहाङ राईलाई टिर्सट प्रदान गरिएको थियो । उनिहरुलाई धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वु, धरान रनका अध्यक्ष रोमु राई, धरान रनका धाविका सविता राई र जमुना लिम्वुले प्रोत्साहन पुरस्कार वितरण गरेका थिए । धरान मेघा कलेजले आफ्ना विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई विशेष महत्व दिंदै आइरहेको छ । खेलकुद मार्फत सामाजिक कार्य गर्दै आइरहेको धरान रन संस्था संग समन्वयन गरि सहयोग गरेर कलेजले सामाजिक उत्तरदायित्व निभाएको धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले वताए। धरान रनको शनिवार भएको ५ सय ८२ औ हप्ता रनमा बर्षात परेपनि २ सय १९ जनाले सहभागिता जनाएका थिए।