पत्रकार रश्मी प्रधान माथि कार्यपालिका सदस्य भाटीद्धारा दुव्र्यवहार

दिव्य रोशनी (धरान)/ समाचार संकलनका क्रममा धरानका पत्रकार रश्मी प्रधान माथि धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य विकास भाटीद्धारा दुव्र्यवहार गरिएको भन्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सुनसरी लगायत पत्रकारहरुको विभिन्न छाता संगठनहरुले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ।
पुष १६ गते सोमवार समाचार संकलनका क्रममा धरान उपमहानगरपालिकाले पब्लिक हाई स्कुल मैदानमा आयोजना हुने “धरान डे” मेलाका लागि बनाएको स्टलको रिर्पोिर्टङ गर्ने क्रममा धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास भाटीले पत्रकार प्रधानलाई देख्ने बित्तिकै भिडियो किन खिचेको? भन्दै मोवाईल खोसेर हातपात गरेको जनाईएको छ।
नेपाल पत्रकार महासंघ सुनसरी, क्रियाशिल पत्रकार महिला सुनसरी, प्रेस सेन्टर नेपाल लगायतले विज्ञप्ती जारी गर्दै संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुनुको साथै पत्रकार महिलाहरु दिनदहाडै जनप्रतिनिधीहरुबाट असुरक्षित हुनुपरेको जनाईएको छ। विज्ञप्तीमा यस घटनाले कार्यपालिका सदस्य जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले उदण्ड व्यवहार गरेको जनाउदै कडा कारबाही गर्न माग समेत गरेको छ ।
पत्रकार रश्मी प्रधान क्रियाशिल पत्रकार महिला सुनसरीका कार्यसमिती सदस्य, नेपाल पत्रकार महासंघ सुनसरीका साधारण सदस्य, प्रेस सेन्टर कोशी प्रदेश समितीका सदस्य हुन्। उनी धरानबाट प्रकाशित हँुदै आएको कपुरी न्यूजमा आबद्ध रहेकि छिन्।