दिपक लिम्बू र मेलिना राईको “तिम्रो हुने मन छ” को म्युजिक भिडियो सार्वजनिक

दिव्य रोशनी ÷चर्चित गायक दिपक लिम्बू र गायिका मेलिना राईको स्वर रहेको “तिम्रो हुने मन छ” गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
शुक्रबार गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बू लगायत कलाकारहरुको सहभागितामा दमकमा गीतको भिडीयो सार्वजनिक गरिएको हो। गितको भिडीयो रचनाकार राईको युट्युव च्यानलबाट ेसार्वजनिक गरिएको छ।
भिडियो निर्देशक एवं छायाँकार लिम्बूका अनुसार धिमाल संस्कृति झल्काउने भिडियो पूर्वी नेपालको धिमाल बाहुल्य स्थानहरुमा छायांकन गरिएको हो ।भिडियोमा धिमाल समुदायको रहनसहनलाई उतार्ने प्रयास गरेको उनले बताए। भिडियोका निर्देशक एवं छायाँकार लिम्बुलाई क्यामेरामा देवराज सिग्देलले एसिस्ट गरेका छन् ।भिडियो इडिटिङ अनिल रानाले गरका हुन्भने पोष्ट प्रोडक्सन थैली इन्टरटेन्मेन्टको रहेको छ ।
भिडियोमा क्रिस गुरुङ, सीमा राई, बादल श्रेष्ठ र दीपना राईको अभिनय हेर्न सकिन्छ ।ए प्लस स्टुडियोमा रकर्डिङ गरिएको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन्भने साजन साहले मिक्सिङ गरेका हुन्।

10 thoughts on “दिपक लिम्बू र मेलिना राईको “तिम्रो हुने मन छ” को म्युजिक भिडियो सार्वजनिक

टिप्पणीहरू are closed.