धरानमा तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल प्रतियोगिता हुने(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरानमा तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल प्रतियोगिता हुने भएको छ।
दुई दुई वर्षमा आयोजना हुँदै आएको यस प्रतियोगिता यही पौष ७ गतेदेखी १४ गते सम्म हुन लागेको आयोजक डायनामिक युथ क्लब धरान १८ ले एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो। आज विहिवार धरान १८ स्थित कोईच क्याफेमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लवका अध्यक्ष रवि बास्फोरले आफ्ना वुवा तथा पूर्व फुटबल खेलाडी समेत रहेका दिवंगत अशोक वास्फोरको स्मतिमा प्रतियोगिताको आयोजना गर्न लागिएको बताए। उनले पूर्व खेलाडीको सम्मान तथा स्मृतिमा क्लवले परिवारको सहकार्यमा प्रतियोगिताको शुरुवात गरिएको समेत बताए। अशोक वास्फोर डायनामिक युथ क्लवका अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाडी तथा क्लवका वर्तमान अध्यक्ष रवि वास्फोरका बुवा हुन्।


प्रतियोगिताको सम्पूर्ण खेलहरु धरान १६ स्थित धरान रंगशालामाको ईन्डोर बास्केटबल कोर्टमा सम्पन्न हुनेछ। खुल्ला आमन्त्रित प्रतियोगिता भएको हुनाले प्रतियोगितामा धरान, सुनसरी, मोरङ, झापा, धनकुटा, काठमाण्डौका गरी १० वटा क्लवले सहभागिता जनाउनेछ। जसमा सहभागी क्लवहरुमा मिराकल, ईमोर्टल, विराटनगर, चक्रपथ काठमाण्डौ, तरहरा, यलम्बर क्लव धरान, बद्रर्श क्लव झापा, होराईजन र धनकुटा रहेको छ। प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको समेत सहभागिता हुने क्लवका सल्लाहकार तथा १ नं प्रदेश बास्केटबल प्रशिक्षक विकास चाम्लिङले बताए।
लिगकम नकआउटको आधारमा खेलाई प्रतियोगिताको विजेताले नगद ६० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्भने उपविजेता टिमले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यसैगरी उत्कृष्ट खेलाडीले नगद ११ हजार सहित ट्रफि र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको पहिलो संस्करण २०७४ सालमा होराईजन क्लव धरानले जितेको थियो भने दोस्रो संस्करण २०७८ सालमा हाम्रो कलेक्सनले जितेको थियो। प्रतियोगिताको अनुमानित खर्च ३ लाख रुपैया रहेको छ। जसका लागी अशोक वास्फेरका परिवार, संघसंस्थाकाmे सहयोगी व्यक्तिहरुबाट व्यावस्थापन गरिने आयोजकले जनाएको छ।