सरकारको प्राथमिकतामा सुशासन, सेवा प्रवाह र समृद्धिः संचारमन्त्रि रेखा शर्मा(भिडियो सहित)

नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्रि रेखा शर्माले सरकारले सुशासन, सेवा प्रवाह र राष्ट्रको समृद्धिलाई प्राथमिकतामा राखेको बताएकि छिन्।
सो कुरा उनिले पत्रकार महासंघ सुनसरीद्धारा शनिवार धरानमा आयोजित पत्रकारभेटघाट कार्यक्रममा बताएकि हुन्। मन्त्रि शर्माले पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार सम्हाल्ने बित्तिकै सुशासनका पक्षमा काम गर्नेक्रममा नक्कली भुटानी शरणार्थीको घटनाका दोषीहरुलाई सरकारले कारवाही गरेको बताईन्। उनिले ललिता निवास प्रकरणमा सरकारले छानबिन गरी दोषी देखिएका केही व्यक्तिहरुलाई मुद्धा लगाएको र सुनकाण्डका घटनामा सरकारले सफलता हासिल गरेको समेत दावी गरिन्। सोहीक्रममा मन्त्रि शर्माले अहिलेको राजनैतिक व्यावस्था र संविधान प्रति केही नकरात्मक शक्तिहरुले अहिलेको लोकतन्त्र, गणतन्त्र हिजोको निरंकुश राजतन्त्र भन्दा फरक नभएको भन्ने धारणा स्थापित गर्न खोजिरहेको बेला सरकारले गल्ती गर्ने दोषीहरुलाई सजायको भागिदार बनाई संविधान भन्दा कोही पनि माथि छैन भन्ने नजिर आम जनतामा स्थापित गर्न सफल भएको बताईन्। उनिले जुनसुकै ओहोदाको भएपनि गल्ती गर्ने ढिलो चाडो सजायको भागिदार बन्नुपर्ने समेत बताईन्। उनिले भनिन् “अहिलेको लोकतन्त्र, गणतन्त्र हिजोको निरंकुश राजतन्त्र भन्दा फरक नभएको, हिजो थोरैले खान्थे अहिले धेरैले खान्छन् भनेर राजनैैतिक , व्यवस्था र संविधान प्रति नै नकरात्मक धारणा फैलाउने शक्तिहरु थिए। उनिहरुले जवरजस्ती स्थापित गर्न खोजिरहेको अवस्थामा अहिले सरकारले दोषीहरुलाई कारवाही गरेर यो व्यावस्थामा गल्ती गर्ने कसैलाई छुट छैन भन्ने नजिर स्थापित गरेको छ।”


मन्त्रि शर्माले अहिलेको व्यावस्थाको विकल्प भनेको सुदृढ व्यवस्था भएको समेत बताएकि छिन्। उनिले अहिलेको संविधानको उपयुक्त विधि भनेकै कमी कमजोरी रहित बनाउने व्यावस्था भएको बताईन्। सुशासनका क्रममा मिटर व्याजको समस्यालाई पनि समाधान गरिएको उनिले दावी गरिन्। यसैगरी सेवा प्रवाहको क्षेत्रमा देशका दुर दराजका क्षेत्रका स्कुलहरुमा परिक्षा सकिएपनि पुस्तक पुर्याउन नसकिरहेको अवस्थामा यस पटक शैक्षिक सत्र अगावै सबै सामुदायिक विद्यालयहरुमा पुस्तकहरु पुर्याउन सफल भएको मन्त्रि शर्माको भनाई थियो। उनिले कृषि प्रधान देशमा यसअघि मल, बिउ हाहाकार भएको अवस्थामा अहिले वितरणमा कही कतै सानातिना समस्या रहेपनि यसपटक सरकारको स्टकमा मल अभाव नभएको जिकिर गरिन्। लामो समय देखी नागरिकतामा समस्या देखिएको बाबुको पहिचान नभएका नेपाली आमाहरुले वास्तविक नागरिकता नपाउने अवस्थामा नागरिकता विधेयक संशोधन भएपछि नागरिकता समस्ूया समाधान भएको उनिले जिकिर गरिन्। यसैगरी प्राईभेट अस्पतालहरुले पनि १० प्रतिशत बेड निःशुल्कको व्यावस्था गरि जनतालाई लोकतन्त्र प्रति आशावादी बनाउन सरकार सफल भएको समेत बताईन्।
सोहीक्रममा मन्त्रि शर्माले आम संचारको क्षेत्रमा प्रविधिले गर्दा व्यापक परिवर्तन आएपनि हाम्रा नियम कानुनहरु पुराना भएकाले त्यो स्थितीको अन्त्य गर्न कानुनको निती र निर्देशिका बनाईएको बताईन्। उनिले सरकारी मिडियाहरुपनि जनताको पक्षमा हुनुपर्ने बताउदै सरकारको मात्र भजन गाउन नहुने बताईन्। उनीले भनिन् “ सरकारी मिडियाहरुले सरकारको मात्र भजन गाउन हुँदैन, जनताका समस्याहरु पनि आउनुपर्छ भनेर सरकारी मिडियाहरुलाई जनउत्तरदायि संस्थाको रुपमा विकास गर्न प्रसारण ऐन ल्याईएका छौं।”
प्रविधीमा आएको व्यापक परिवर्तनले गर्दा प्रिन्ट मिडियाले डिजिटल मिडिया नचलाई बाँच्न नसक्ने अवस्था रहेको बताउँदै मन्त्रि शर्माले नयाँ प्रविधिलाई सबैले अंगाल्नु पर्ने बताइन्। उनिले प्रिन्ट मिडिया किन हेर्ने भन्ने विषयमा कन्टेन्टमा पनि विकास गर्नुपर्ने अवस्था आएको बताईन्। राज्य आर्थिक संकटमा रहेपनि मिडियालाई के विषयमा छुट दिन सकिन्छ भन्नेबारे संचार क्षेत्रसंग उनिले सुझावको अपेक्षा समेत गरिन्।
पत्रकार भेटघाटमा क्रियाशिल पत्रकार महिला सुनसरीका अध्यक्ष मनिता चाम्लिङले लोककल्याणकारी विज्ञापनका सन्दर्भमा विज्ञापन बोर्डले महिलाद्धारा संचालित पत्रिकाहरु माथि भेदभाव गरेको गुनासो पोखिन् भने पत्रकार भरतराज शर्माले हुलाक सेवालाई प्रविधी मैत्री बनाउन सरकारलाई ध्यानाकर्षण गराएका थिए। त्यस्तै गणतन्त्र एफएमका डेविट बस्नेत, पत्रकार सन्तोष काफ्ले, रत्न प्रसाद आचार्य लगायतले संचारमन्त्रि समक्ष सरकारको काम कारवाही र सुशासनका बारे प्रश्न गरेका थिए।
यसैगरी पत्रकार भेटघाटका बिच मन्त्री शर्मालाई पत्रकारितालाई मर्यादित र प्राज्ञिक बनाउन ‘नेपाल पत्रकार प्रज्ञा प्रतिष्ठान” गठनका लागि अग्रज पत्रकार महेश श्रेष्ठद्वारा तयार गरिएको अवधारण पत्र सहितको ज्ञापन पत्र समेत बुझाइएको थियो ।(दिव्य रोशनी साप्ताहिकबाट)