धरानमा आईतवारदेखी सुकुम्बासीलाई फारम वितरण गर्नेे तयारी

दिव्य रोशनी (धरान)/ धरान उपमहानगरपालिकाले भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई आईतवार देखी फारम वितरण गर्ने तयारी गरेको छ।
धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईको अध्यक्षतामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन प्रमाणिकरण तथा नाप नक्शा गर्ने कार्यमा सहयोग र सहजिकरण गर्न बनेको भूमि सम्बन्धि समस्या समाधान सहजिकरण समितिको आज (सोमबार) बसेको बैठकले वडा वडामा फारम वितरण गर्ने तयारी स्वरुप धरानको २० वटै वडामा कर्मचारी व्यवस्थापन गरिएको जनाएको छ।
सहजिकरण समितिको पहिलो बैठकले आज (सोमबार)देखि शनिबारसम्म प्रचार प्रसार गर्ने, विशेष गरेर धरान उपमहानगरको सबैभन्दा बढी सुकुम्बासीको बसोबास रहेका वडाहरु ५, ११, १३, १५, १६ र १७ मा कार्यक्रम गरी प्रचार प्रसार गर्ने भएको छ। यसको लागि सहजिकरण समितिका सदस्यहरुसँग समन्वय गरी प्रचार प्रसार सामग्री तयार गर्ने निर्णय गरिएको लगत संकलन इकाई प्रमुख बेद प्रसाद सापकोटाले बताए। उनले कोभिडको संक्रमणको अवस्थालाई मध्यनजरगरी भिडभाड नगरी सकेसम्म घरघरमा गएर फारम भराउने कार्यका लागि योजना बनाउन सबै वडाहरुलाई अनुरोध गर्ने निर्णय गरिएको समेत बताए ।
आज भएको समितीको बैठकले वैशाख १२ गते आईतबारदेखि फारम भराउने कार्य सुरुवात गरिने निर्णय गरेको छभने अर्को बैठक वैशाख ११ गते शनिबार बिहान ८ बजे बस्ने निर्णय समेत गरेको छ ।
यसैगरी नगर प्रमुख तिलक राईको संयोजकत्वमा सहजिकरण समिति समेत बनाईएको छ। जसमा उपसंयोजकमा उपप्रमुख मञ्जु भण्डारी, सदस्य सचिवमा प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल रहेका छन्। यसैगरी सदस्यहरुमा नेकपा एमालेका राजमणी निरौला, नेपाली कांग्रेसका नरसिंह राई, नेकपा एमालेका हर्कजङ एभेङ , माओवादी केन्द्रका सुदर्शन श्रेष्ठ, जनता समाजवादी पार्टीका ताजुब लिम्बु, कार्यपालिका सदस्य हिरादेवि राई, कार्यपालिका सदस्य कल्पना थापा मगर, सुबास राई र पञ्चकला राई रहेका छन्।

21 thoughts on “धरानमा आईतवारदेखी सुकुम्बासीलाई फारम वितरण गर्नेे तयारी

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *