हिसान बास्केटवलमा पुरुष ११ र महिला ६ टिमले प्रतिश्पर्धा गर्ने
दिव्य रोशनी (धरान)/ भोली मंसिर २२ गते देखि सुरु हुन लागेको हिसान बास्केटवलमा पुरुष तर्फ ११ र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएको छ ।
आयोजक हिसान सुनसरीले टाइसिट ड्र मार्फत खेल तालिका तयार गर्दै सहभागि टिम सार्वजनिक गरेका हुन् । सो टाईसिट धरान बास्केटवल संघका प्रतिनिधि तथा प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, प्रतियोगिता संयोजक अर्जुन घिमिरे, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिट खेलकुद संयोजक हेमन्त भण्डारी लगायतको उपस्थितिमा तयार पारिएको थियो ।
प्रतियोगितामा सुनसरीभरिका ०७८/०७९ सालका प्लस टु रेगुलर विद्यार्थीहरुले मात्र आफ्नो विद्यालयको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। सहभागि विद्यालयहरुमा धरान मेघा हिमालयन महिला पुरुष टिम, लोटस, एम्स एकेडेमि, सियोन स्कुल महिला पुरुष टिम, विष्णु मेमोरियल महिला पुरुष, जेनिथ महिला पुरुष, धरान आर्दश महिला पुरुष, धरान उच्च महिला पुरुष, विश्व आर्दश इटहरी, सुष्मा मावि इटहरी, पुर्वाञ्चल मावि तरहराले सहभागिता जनाएको छ।
हिसान स्पोर्टस मिट २०७९ अन्र्तगत बास्केटवल प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा हुनेछ। प्रतियोगिता मंसिर २२ देखि २४ गते सम्म संचालन हुने आयोजकले जनाएको छ।

Pingback: แทงบอล สโบเบ็ต ที่ดีที่สุด มีราคาบอลอะไรน่าเล่นบ้าง
Pingback: 영화 다시보기
Pingback: snus
Pingback: Infy
Pingback: superkaya88