ट्राफिक प्रहरीको छवि बिगार्ने गरि गलत क्रियाकलाप नगरः ट्राफिक प्रमुख केसी(भिडियो सहित)

दिव्य रोशनी(धरान)÷ जिल्ला ट्राफिक कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक सुभास केसीले ट्राफिक प्रहरीको छवि बिगार्ने गरि गलत क्रियाकलाप नगर्न आफु मातहतका ट्राफिक प्रहरीहरुलाई निर्देशन दिएका छन्।


भर्खरै मात्र जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानमा सरुवा भई आएका ट्राफिक प्रहरी प्रमुख केसीले सवारी चालकहरुलाई अनाहकमा दुःख दिने र गलत तरिकाले पैसा उठाएर ट्राफिक प्रहरीको छवि नबिगार्न आग्रह गरेका छन्। संचारकर्मीहरुसंगको भेटमा ट्राफिक प्रहरी प्रमुख केसीले आफ्नो कार्यकालमा जिल्लाभरी ट्राफिक व्यवस्थापन र ट्राफिक नियम लागु गर्न प्रतिवद्ध रहने समेत बताए।
नेपालीहरुको महान् चाँड दशै, तिहार नजिकिदै आईरहेको अवस्थामा ट्राफिक प्रहरीले चेकजाँच गर्दा ट्राफिकलाई दशैं लाग्यो भन्ने समाजले गलत मानसिकता बनाएको बताउदै ट्राफिक जाँच सवारी चालकको सुरक्षाका लागी गरिएको बताए। उनले ट्राफिकले काटेको जरिवाना रकम सरकारी राजश्वमा जम्मा हुने भएकाले त्यो ट्राफिकको व्यक्तिगत गोजीमा नजाने पनि स्पष्ट पारे। उनले भने “ट्राफिकले चेक गर्दा, जरिवाना गर्दा दशैं आयो भन्ने मानसिकता समाजले हटाउनुपर्छ, हामी चाहन्छौं सबैको यात्रा सुरक्षित होस्, कहि कतै दुर्घटना नहोउन्।”
सोहीक्रममा ट्राफिक प्रमुख केसीले धरानमा वान वे गरेको स्थानिय सरकारको कदमको प्रशंसा पनि गरे। उनले आगामी दिनहरुमा पनि संभावित हुनसक्ने दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक प्रहरीहरु सदैव लागीपर्ने विश्वास समेत दिलाए।

One thought on “ट्राफिक प्रहरीको छवि बिगार्ने गरि गलत क्रियाकलाप नगरः ट्राफिक प्रमुख केसी(भिडियो सहित)

टिप्पणीहरू are closed.