“कोशी” प्रदेश नामाङ्कन खारेजिको माग संगै किरात याक्थुङ चुम्लुङको चासोक तङ्नाम पर्व शुरु

दिव्य रोशनी(धरान)/ “कोशी” प्रदेश नामाङ्कन खारेजिको माग संगै किरात याक्थुङ चुम्लुङको पाँचदिने चासोक तङ्नाम पर्व शुरु भएको छ।


चासोक तङ्नाम विधिवत रुपमा सोमवारदेखी शुरु भएपनि आज मंगलवारदेखी औपचारिक रुपमा उद्धघाटन भएको हो। समारोहलाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पानसमा बत्ति बालि च्याबु्रङ बजाएर उद्धघाटन गरेका थिए। उनले कोशी प्रदेश नामांकनको विरोधको रुपमा चासोकलाई चुम्लुङले लिएको औल्याउदै विकासका तिन आधार प्रकृति, संस्कृति र प्रविधि भएसंगै संस्कृति आन्दोलन नै पहिचान भएको बताए। आफु काठामाण्डौ जादा प्रत्रकारहरुले पहिचान के हो? पहिचान किन चाहियो? भन्दै रयाखर्याख्ती पार्ने गरेको बताउदै मेयर साम्पाङले हरेक मान्छेको जिवन समाजबाट आएको र समाजमा संस्कृति हुने भएकाले त्यसैलाई पहिचान भनिने समेत बताए। उनले धरानमा किरातीहरुको आस्थाको धरोहर सुम्निमा र पारुहाङको मूर्ति स्थापना गर्ने भएकाले सहयोग गर्न सम्पूर्ण किरात समुदायहरुमा आग्रह गरे।


केन्द्रीय उपमहासचिव डा. योगेन्द्र पालुङ्वा, चुम्लुङ सदस्य ताजुब लिम्बु पूर्व केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेन, सल्लाहकार दुर्गामाया लिम्बु लगायतले चुम्लुङ अहिले ‘कोशी’ नाम खारेजीका आन्दोलनमा होमिएकाले सबैलाई त्यसमा सक्रिय सहभागी हुन आव्हान गरे ।
चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाको सभापतित्वमा भएको उद्घघाटन समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष ललिता नेम्वाङले गरेकी थिइनभने कार्यक्रमको सञ्चालन नगर सचिव बालकृण लिम्बुले गरेका थिए ।


उद्धघाटन अघि किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा बिहान धरान १ छाताचौकबाट साँस्कृतिक झाकी, केलाङसहित निकालिएको बृहत र्याली भानुचोक हुँदै धरान १५ स्थित चुम्लुङ हिममा पुगेको थियो । यसैगरी र्याली अघि बिहान चासोक पुजा गरिएको थियो भने श्रीजंगाको सालिकमा माल्यार्पण गरिएको थियो।