शुक्रवार थप ८५२० जनामा कोरोना संक्रमण पुष्टिः २०३ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन्भने २ सय ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छभने ३ लाख २७ हजार ६ सय ५३ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.