सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टी (सरिन) को अग्रता कायमै

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार शुक्रवार दिउसो ३ः०० बजेसम्म प्रतिनिधीसभातर्फको ३९ हजार ६ सय ४२ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले अग्रतालाई कायमै राखेका छन्। उनले ७९५२ मत ल्याउदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले ६९०८ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ६५५ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ५२९६ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ४१२७, लाउड स्पीकरले १३५, ढाका टोपीले ४४, कुखुराको भालेले ११४, दाप सहितको खुकुरीले ४०८, ताराले १४९, पानीको फिल्टरले १०८, घन्टाघर(कुमार कार्की)ले ८६०, क्रस खुकुरीले १८९, चापाकलले ७६, तिलहरी २३, पानीको जारले २२४७, सुर्यमुखी फुलले १४९३, पुतली ३६, छत्रेटोपी ५६ र सेलरोटीले १०२ मत ल्याएका छन्।

15 thoughts on “सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टी (सरिन) को अग्रता कायमै

टिप्पणीहरू are closed.