शनिवार थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टिः १८७ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शनिवार थप ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ५ हजार ४ सय ५५ जना डिस्चार्ज भएका छन्भने १ सय ८७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छभने ३ लाख ३३ हजार १ सय ८ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

6 thoughts on “शनिवार थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टिः १८७ को मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *