बुधवार थप ६०३ जनामा कोरोना संक्रमण पुष्टिः १२९ जना डिस्चार्ज

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२८९ जनामा गरिएको पीसीआर परीक्षणमा ५८० जना र ४५१ जनामा गरिएको एन्टिजेन परीक्षणमा २३ जना गरी ६ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८१ हजार ५ सय ८७ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ सय २९ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ४ सय ४७ पुगेको छ।
यसैगरी हालसम्म कोरोना संक्रमणबाट ३ हजार ५८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ। हाल मुलुभरका विभिन्न अस्पतालमा ८० जना आइसियुमा र २५ जनालाई भेन्टिलेटर दिएर आइसियुमा राखि उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

1,382 thoughts on “बुधवार थप ६०३ जनामा कोरोना संक्रमण पुष्टिः १२९ जना डिस्चार्ज