विहिवार थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ५९ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख १ हजार ६ सय ८७ र एन्टिजेन परिक्षणबाट १७ हजार ७ सय १४ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ५ हजार २ सय ९३ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ८ हजार २ सय ३८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.